चन्द्रमा
चन्द्रमा
अमृत घिमिरे ‘रन्जित’
उज्यालो मुहारले मोहित गरिरहेकी छौ रे ,
कालो रात चिर्दै गगन भरिरहेकी छौ रे।
तारा हेरी टोलाईरहने ति भिडहरु बिच,
सयौँ तारा उछिनि सुन्दरता छरिरहेकि छौ रे।
त्यो तिम्रो कोठीले दागको संज्ञा पाइरहदा खेरी,
मुर्खता यो दुनियाँको देखी दँग परिरहेकी छौ रे।
पुर्णिमाको रात कुरी बसिरहेछु आज,
कालो बादल भित्र कतै हराईरहेकी छौ रे।
तिमिलाई भेट्न जति आतुर छु नि म आज,
दर्शन दिने छट्पटीमा उस्तै मरिरहेकी छौ रे।
उज्यालो मुहारले मोहित गरिरहेकी छौ रे ,
कालो रात चिर्दै गगन भरिरहेकी छौ रे।