सहयात्री


सहयात्री

अमृत घिमिरे ‘रन्जित’

कुनै लामो दुरीको यात्रा झैँ लाग्छ जिन्दगी यो,
सहयात्री तिमी भै’ दिए भनि वर माग्छ जिन्दगी यो।

मध्य यात्रा ओर्लिएर जान्छौ कि भन्ने डरले,
कल्पनाको महलबाट भाग्छ जिन्दगी यो

नजिक बस्दा कुरा गर्न नजानिने हो कि भनि,
बोलाउने हिम्मत तिमीलाई, हार्छ जिन्दगी यो

अप्ठ्यारा ति ठाउँहरुमा दुख होला तिमीलाई भनि,
सजिला ति आसन तिमीलाई राख्छ जिन्दगी यो

पिडा खुसि दुवैलाई सारिदिन मिल्थ्यो भने,
सारा खुसि तिम्रै लागी ताक्छ जिन्दगी यो

तिमी आई के छ भनि एक वचन सोधिदिँदा,
व्यस्तता र दुख सारा टार्छ जिन्दगी यो


सहयात्री तिमी भै’ दिए भनि वर माग्छ जिन्दगी यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RELATED POST

मुस्कुराउछ्यौ……

मुस्कुराउछ्यौ अलिकति, मन्त्रमुग्ध हुन थाल्छु,सपनी अनि विपनिको, सिमानालाई छुन थाल्छु, बेसुरमै किन नहोस, एउटा छुट्टै कल्पनामातिम्रैलागी समर्पित, सिर्जनाको धुन थाल्छु,

तिमी…..

- अमृत घिमिरे 'रञ्जित' यो मनले तिम्रै गुनगान गाइरहन्छ हरपल,हरेक दर्शन तिम्रो विशेष पाइरहन्छ हरपल । खोइ कुन मन्त्र लगाई…

उस्तै छन्

विरोधको लागी भनि विरोध यहाँ गर्नेहरु पनि उस्तै छन, विना अध्ययन संसदमा विधेयक भर्नेहरु पनि उस्तै छन,

चन्द्रमा

उज्यालो मुहारले मोहित गरिरहेकी छौ रे , कालो रात चिर्दै गगन भरिरहेकी छौ रे उज्यालो मुहारले मोहित गरिरहेकी छौ रे…