तिमी…..

– अमृत घिमिरे ‘रञ्जित’

यो मनले तिम्रै गुनगान गाइरहन्छ हरपल,
हरेक दर्शन तिम्रो विशेष पाइरहन्छ हरपल ।

खोइ कुन मन्त्र लगाई फिदा बनायौ तिमीले,
मन्त्रमुग्ध भावना मनमा छाइरहन्छ हरपल ।

सारा संसार चलिरहेछ आफ्नै वरिपरि,
र पनि याद तिम्रै आइरहन्छ हरपल ।

खोइ कुन्नी के जादु गरेछौ यो नयनमा
तिम्रै एक झलक निम्ति धाइरहन्छ हरपल ।

चुलबुल् चुलबुल् त्यो तिम्रो, बानीसँग होला सायद,
जति बोल्यो उति मोहनी लाइरहन्छ हरपल ।

सम्झिकन देवतालाई माग्दा वर ‘अमृत’ले,
यस्तै सौभाग्य जिवनभर मागीरहन्छ हरपल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RELATED POST

उस्तै छन्

विरोधको लागी भनि विरोध यहाँ गर्नेहरु पनि उस्तै छन, विना अध्ययन संसदमा विधेयक भर्नेहरु पनि उस्तै छन,

चन्द्रमा

उज्यालो मुहारले मोहित गरिरहेकी छौ रे , कालो रात चिर्दै गगन भरिरहेकी छौ रे उज्यालो मुहारले मोहित गरिरहेकी छौ रे…

Registering and Hosting .com.np Domain

Mercantile Communications Pvt. Ltd. (register.mos.com.np) is domain registry for Nepal. It provides us with a free .com.np domain for personal…

सहयात्री

कुनै लामो दुरीको यात्रा झैँ लाग्छ जिन्दगी यो, सहयात्री तिमी भै’ दिए भनि वर माग्छ जिन्दगी यो। मध्य यात्रा ओर्लिएर…