उस्तै छन्

उस्तै छन्…….

– अमृत घिमिरे ‘रञ्जित’

विरोधको लागी भनि विरोध यहाँ गर्नेहरु पनि उस्तै छन,
विना अध्ययन संसदमा विधेयक भर्नेहरु पनि उस्तै छन,

ठुला ठुला अक्षरमा छापिदिन्छन् हेडलाईन यहाँ,
हेडलाईन पढी विद्वान वर्गमा पर्नेहरु पनि उस्तै छन,

न त बिधेयक पढ्ने नै फुर्सद छ कसैलाई आखिर,
सुनेकै भरमा त्यो भ्रमलाई छर्नेहरु पनि उस्तै छन,

चर्को चर्को बोलिदिन्छ आँखै चिम्लिएर उसले,
पत्याई हर कुरा उसका सडक झर्नेहरु पनि उस्तै छन,

विदेश जान्छन् केही चलन देखेर आउँछन् नयाँ
विचका सारा खुड्किला यसै तर्नेहरु पनि उस्तै छन,

हल्लै हल्लाको भरमा चलेको छ रे देश यहाँ
कहिले यता कहिले उता यसै सर्नेहरु पनि उस्तै छन,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RELATED POST

तिमी…..

- अमृत घिमिरे 'रञ्जित' यो मनले तिम्रै गुनगान गाइरहन्छ हरपल,हरेक दर्शन तिम्रो विशेष पाइरहन्छ हरपल । खोइ कुन मन्त्र लगाई…

चन्द्रमा

उज्यालो मुहारले मोहित गरिरहेकी छौ रे , कालो रात चिर्दै गगन भरिरहेकी छौ रे उज्यालो मुहारले मोहित गरिरहेकी छौ रे…

Registering and Hosting .com.np Domain

Mercantile Communications Pvt. Ltd. (register.mos.com.np) is domain registry for Nepal. It provides us with a free .com.np domain for personal…

सहयात्री

कुनै लामो दुरीको यात्रा झैँ लाग्छ जिन्दगी यो, सहयात्री तिमी भै’ दिए भनि वर माग्छ जिन्दगी यो। मध्य यात्रा ओर्लिएर…