त्यो सहर
त्यो सहर
आज फेरी उम्केर आएँ,
त्यो सहर जहाँ,
विश्वास र बाध्यताको व्यापार हुन्छ,
त्यो सहर जहाँ,
निमुखाको हर्षको आहार हुन्छ,
बल्ल बल्ल फुत्केर आएँ।
कागजका विटाहरु
गङ्गाजल बन्छन् जहाँ
त्यही सहर हो त्यो
लोभका त्यान्द्राहरु रहन्छन जहाँ।।
हिँड्दै गरेका पाइलाहरु
सहयोगको याचना बिच स्वत चल्छ,
हो त्यही सहर हो त्यो जहाँ
मानवता भन्दा प्रेमिकाको महत्व चल्छ।।
खुलेर स्वास लेऊ,
दुर्गन्धले चुम्न आउँछ,
धनिपनको लवज छर,
दुनियाले छुन आउँछ,
खोक्रो फललाई
श्रृङ्गारको बस्त्र ढाकी
बाहिरी रुपको पछी लाग्छन् जहाँ
भित्री रुपलाई थाती राखी
धन्य,
फर्की आएँ त्यो भिड छाडी
भिडभित्र नहराउने बाचा हारी…………